२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

जुम्लामा वैशाख १५ देखि विद्यालय बन्द

कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको बेला जुम्लामा वैशाख १५ देखि  विद्यालय बन्द गर्ने निर्णय भएको छ  । यहाँ रहेका सरकारी, सामुदायिक, नीजि विद्यालय बन्द गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण हुन नदिनको लागि बैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।  

तत्कालका लागि कोरोना संक्रमणको उच्च जोखिममा रहेका विद्यालय बन्द गरिने निर्णय भयो, सहायक प्रमुख जिल्ला अधिकारीले चौलागाईंले भने,‘निर्णय बमोजिम यहाँका सरकारी तथा सामुदायिक विद्यालयमा पत्राचार हुनेछ । ’

बैठकले जिल्लाबाहिरबाट प्रवेश गर्ने मानिसको लगत संकलन गर्ने, जुम्ला कालिकोटको सिमाना नाग्ममा हेल्प डेस्क स्थापना गर्ने र प्रत्येक वडास्तरमा लगत संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय गरेको हो । यसैगरी गाउँपालिका भित्र संकलन भएको लगत जानकारी गराउनको लागि हरेक गाउँपालिकामा सम्पर्क ब्यक्ति तोक्ने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइले जानकारी दिए ।  

कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले नगरपालिका,गाउँपालिकामा सभा,समारोह, भेला, गोष्ठी गर्दा बढिमा १५ जना जम्मा गर्न पाउन निर्णय गरेको छ । त्यस्तो कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पुणरुपमा पालना गर्नुपर्र्नेे, घटना घटिसकेको अवस्थामा चाहिने सामग्री सहयोगका लागि सरकारी तथा गैरसकारी निकायसंग आर्थिक सहयोग माग्नेसमेत निर्णय भएको छ ।  

हरेक गाउँपालिकाले कोभिड–१९ नियन्त्रण सम्बन्धी रणनीतिक योजना बनाउनु पर्ने र तीन दिन पछि बस्ने संकट व्यवस्थापन समितिको बैठकमा पेश गर्नु पर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।  

पछिल्लो जुम्लामा ९ जना संक्रमित भेटिएका छन् । अस्पतालमा उपचारमा आएका बिरामीको पिसिआर परीक्षण गर्दा ९ जना संक्रमित भेटिएका छन । उनीहरुको आइसोलेसनमा उपचार भइराखेको छ । जिल्ला प्रशासन कार्यालयले मास्कको प्रयोग गर्न, सेनिटाइजर र साबुन पानीले नियमित हातधुन र व्यक्तिगत तथा सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोनाको लक्षण देखिने वित्तिकै नजिकैको कोभिड अस्पताल  तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जाँच गराउनको लागि सुझाव दिएको छ ।    

प्रकाशित: १४ वैशाख २०७८ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App