१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

ऐन लत्याउँदै विद्यालय संचालन गर्ने ११ प्रधानाध्यापक पक्राउ

संक्रामक रोग नियन्त्रण ऐन लत्याउँदै विद्यालय संचालन गर्ने सप्तरीका ११ वटा विद्यालयका प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले गत्त सोमार नै सप्तरीसहित जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । अटेर गरी विद्यालय सञ्चालन गर्ने ११ वटा विद्यालयका प्रिन्सिपललाई सोमबार पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलले जानकारी दिए ।  

अनुगमनको क्रममा सरकारी निर्देशन अटेर गरी संचालनमा रहेका विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिएर मुद्दा चलाउने तयारी भैरहेको प्रजिअ पोख्रेलले बताए । राजविराज नगरपालिकाका मेयर शम्भु यादवसमेतको अनुगमन टोली विहान यहाँका विद्यालयको अनुगमनमा पुगेका थिए ।  

नियन्त्रणमा लिइएका हरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रजिअ पोख्रेलले बताए । सरकारले गत सोमबार नै राजविराजका विद्यालय बन्द गर्ने आदेश गरेको थियो । सो आदेशबारे यहाँका सम्पूर्ण विद्यालयका प्रिन्सिपललाई जिल्ला संकट व्यवस्थापन केन्द्रले समेत जानकारी गराएको थियो । त्यसविपरीत यहाँका केही विद्यालय खोलिएको थियो ।

पक्राउ पर्नेमा लक्ष्मी वोर्डिङ स्कुलका संचालक राजबिराज नगरपालिका–८ का ३८ वर्षीय राजेश कुमार यादव, बुलन्द साह, बैद्यनाथ कुमार झा छन । ह्यापील्याण्ड माद्ययमिक विद्यालयका संचालक राजबिराज–५ का शैलेन्द्र कुमार ठाकुर , जानकी सेकेन्ड्री स्कुलका संचालक नरेन्द्र प्रसाद देव, पिसजोन स्कुलका संचालक उमाकान्त साह, सृजना सेकेन्ड्री स्कुलका शिक्षक रिमा झा,  लिटिल फ्लावर सेकेन्ड्री स्कुलका संचालक डा. कामान्त देव, ग्रीन इङ्गलीस बोर्डिङस्कुलका संचालक मनोज यादव र सपस बोर्डिङ स्कुलका संचालक नरेश साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित: १३ वैशाख २०७८ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App