१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

‘माई सेकेन्ड टिचर’ वैशाख १ गतेदेखि

नेपालको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यसहित ई–लर्निङ प्ल्याटफर्म ‘माई सेकेन्ड टिचर’ आगामी वैशाख १ गतेदेखि आउने भएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्नोभेट टेकले उक्त उत्पादनबारे जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बोल्दै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले माई सेकेन्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोसेढुंगा साबित हुने बताए। नेपालजस्तो विकासोन्मुख राष्ट्रहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षामा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको औल्याउँदै अध्यक्ष बुढाथोकीले यस प्ल्याटफर्म विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालक सबैलाई उपयोगी हुने दाबी गरे। 

माई सेकेन्ड टिचरमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्धतिसँग जोड्नेगरी शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तक्र्रियात्मक भिडियो सामग्रीहरू, नबुझेका कुरा शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा रहेको छ।

 प्रत्येक विद्यार्थीको सही मू्ल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइग्नोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर लगायतका थुप्रै विशेषता रहेको पनि बुढाथोकीले बताए। हाल एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्तक्र्रियात्मक भिडियो सामाग्री देशभर उपलब्ध हुनेछन्।

प्रकाशित: २८ चैत्र २०७७ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App