१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

दोभान बजारका अग्निपीडित विद्यार्थीलाई प्याब्सनले अध्ययन शुल्क मिनाहा गर्ने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङले दोभान बजारका अग्नि पीडित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट दिने भएको छ। आगलागी पीडित परिवारलाई राहत प्रदान गर्दै प्याब्सनले सो घोषणा गरेको हो। जिल्ला प्याब्सन अन्तर्गत रहेका बोर्डिङ स्कुलमा आगलागीबाट बिस्थापित परिवारका बालबालिकाले अध्ययन गर्न चाहेमा उनीहरुलाई लाग्ने अध्ययन शुल्कमा बिशेष छुट गरिने प्याब्सन जिल्ला अध्यक्ष दिनेश भट्टराईले बताए।  

आगलागी क्षेत्रमा पुगेर प्याब्सनले नगद ३० हजारका साथ १२ हजार रुपैयाँ बराबरको स्टेसनरीका सामाग्री हस्तान्तरण गरिएको प्याब्सनले बताएको छ। नगदसहितको उक्त राहत सामाग्री मेरिङ्देन गाउँपालिकामार्फत वितरण हुने गरि गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूलाई चोङ्बाङ्लाई गरिएको थियो। फागुन १८ गते दोभान बजारमा आगलागीमा ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार बिस्थापित बनेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७७ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App