२६ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

गरुडाका विद्यालय तीन दिन बन्द

लगातार जाडो बढेपछि रौतहटको एउटा नगरपालिकाले तीन दिनको लागि विद्यालय बन्द गरेको छ। रौतहटको गरुडा नगरपालिकाले आइतबारदेखि मंगलवारसम्म विद्यालय बन्द गरेको सूचना सार्वजनिक गरेको छ।  

अत्यधिक चिसो बढेको कोरोना १९ को महामारी कालमा बालबालिकाहरु अझ बढी जोखिममा पर्ने भएकोले माघ ४ देखि ६ गतेसम्म विद्यालय बन्द गरिएको नगर प्रमुख इन्नु राय यादवद्वारा जोरी सूचनामा भनिएको छ। माघ ५ गते मधेसी सहिद दिवस परेको हुनाले विद्यालय स्वतः बन्द रहने समेत सूचनामा जनाइएको छ।

नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने सूचना जारी भएपछि नगरका सबै सामुदायिक विद्यालयहरु बन्द भएका छन्। सूचना ढिलो आएकोले केही संस्थागत विद्यालयमा पठनपाठन भइरहेको जनाइएको छ।

रौतहटमा गत तिन दिनदेखि घाम लागेको छैन। शुक्रबारदेखि घाम लाग्न छोडेसँगै अत्यधिक चिसो बढेको छ। अत्यधिक चिसोले जनजीवन प्रभावित बनेको छ।

प्रकाशित: ४ माघ २०७७ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App