१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

एनआरएनएले ‘डायस्पोरा’का बालबालिकालाई नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘डायस्पोरा’का बालबालिकालाई लक्षित गर्दै नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने भएको छ। सङ्घको नेपाली भाषा प्रवद्र्धन उपसमितिले नेपाली मूलका बालबालिकालाई लक्षित गरी पुस्तक प्रकाशन गर्ने भएको हो। नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञलाई जिम्मा दिने निर्णयसमेत गरेको समितिका संयोजक कृष्ण लामिछानेले जानकारी दिए।  

संसारका धेरै देशमा नेपाली पुगिसकेको र आफ्ना बालबालिकालाई नेपालको धर्म, संस्कृति, संस्कार अनुसारको शिक्षा दिन जरुरी रहेको निष्कर्ष निकाल्दै एनआरएनएले त्यस्तो शिक्षामा एकरुपता ल्याउन पुस्तक प्रकाशन गर्ने निर्णय गरेको हो। 

पाठ्यपुस्तक तयारीका लागि सल्लाह सुझाव दिनका लागि विज्ञ तथा इच्छुकलाई आह्वान गर्ने तयारी गरिएको छ। अहिले विभिन्न देशमा रहेका नेपाली समुदायले आफ्नो अनुकूलतामा नैतिक शिक्षाको पाठ्यसामग्री तयार गरेर पठनपाठन गर्दै आएका छन्। 

प्रकाशित: १३ जेष्ठ २०७७ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App