१ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

पाथीभरा क्याम्पसले दृष्टीबिहिन र शारीरिक रुपमा अशक्त विद्यार्थीको शुल्क नलिने

ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत दृष्टीबिहिन र शारीरिक रुपमा अशक्त विद्यार्थीहरुको मासिक शुल्क नलिने भएको छ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष शीला इजमको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चालक समिति सदस्य सन्तोष पुर्कुटीले जानकारी दिए ।

उनका अनुसार यो निर्णय बिहीबारकै मितिबाट लागु हुने छ । क्याम्पसले क्याम्पसमा कार्यरत महिला प्राध्यापक तथा कर्मचारीलाई महिनावारीको समयमा एक दिन मासिक बिदा दिने निर्णय समेत गरेको छ । 

क्याम्पस समयमा महिनावारी भए सो समयमा आवश्यक पर्ने सेनेटरी प्याड समेत क्याम्पसले नि:शुल्क उपलब्ध गराउने भएको छ भने क्याम्पसले सेनेटरी प्याडको उचित व्यवस्थापनका लागि तत्काल उपकरण खरिद गरी क्याम्पसमा राख्ने निर्णय समेत गरेको छ । 

प्रकाशित: २८ चैत्र २०८१ १७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App