२० चैत्र २०८१ बुधबार
image/svg+xml १२:८ अपराह्न
शिक्षा

जुम्ला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका लोकेन्द्र विजयी

जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी भएका छन्। ३३४ मतदातामध्ये ३१८ मत खसेको र १८ जना अनुपस्थित रहेको निर्वाचन अधिकृत पदमबहादुर शाहीले बताए।

निर्वाचनमा छात्रा १५२ र छात्र १६६ जनाले मतदान गरे। अनेरास्ववियुका बुढाले ११४ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका जयकृष्ण जैशीले १०५ मत र नेविसंघका खेमराज आचार्यले ८८ मत पाए।

सचिवमा नेविसंघका दत्तराज रावतले ९४ मत ल्याएर जिते, अनेरास्ववियुका नवराज भण्डारीले ८६ मत पाए। कोषाध्यक्षमा अनेरास्ववियुका विनबहादुर रावतले १०७ मतसहित विजयी भए, अखिल क्रान्तिकारीका आशिष बुढाले ९५ मत पाए। सदस्यहरूमा नेविसंघका प्रविन बुढ्थापाले १०६, राष्टु थापाले १०३, सुर्जा रावलले ११९, हिमाली धितालले ९७ र अखिल क्रान्तिकारीका टोपबहादुर बोहोराले १०३ मत ल्याएर विजयी भए।  

प्रकाशित: ६ चैत्र २०८१ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App