१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
शिक्षा

शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग विद्यालय शिक्षाक्षेत्र योजनामा कार्यरत विकास साझेदार संस्थाका प्रतिनिधिहरुले शिष्टाचार भेटघाट गरेका छन।

बुधबार भएको भेटवार्तामा मन्त्री भट्टराईले उनीहरुलाई स्वागत गर्दै विकास साझेदारहरूले नेपालको शिक्षा क्षेत्रमा गर्नुभएको सहायताको प्रशंसा गरिन। उनले विभिन्न विकास साझेदारकोतर्फबाट कार्यान्वयनका क्रममा रहेका विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रहरुको समीक्षा गरी आगामी दिनमा सहकार्य गर्न सरकार तयार रहेको बताइन।

उनले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवाखाजा, सिकाइ सामग्री विकास र प्रयोगजस्ता विषय प्राथमिकतामा राख्न अनुरोध गरे।

उक्त भेटमा नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले नर्वे सरकारले नेपालको समग्र शिक्षा क्षेत्रलाई बलियो बनाउन स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको बताए।

विकास साझेदार संस्थाका तर्फबाट नेपालका लागि नर्वेजियन राजदूत तोरुनको नेतृत्वमा ‘एडिबी’, ‘युएसआइडी’,‘युनिसेफ’, ‘युरोपियन युनियन’, ‘वल्र्ड बैंक’,‘जिपिइ’का प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रकाशित: १२ मंसिर २०८१ २०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App