४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

प्रधानमन्त्रीसँग भारतीय डिफेन्स युनिभर्सिटीका शिक्षार्थीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्ययन भ्रमणका क्रममा नेपालमा रहेको भारतको डिफेन्स युनिभर्सिटी (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिएका थिए ।  

प्रधानमन्त्री ओलीले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यताविपरीतका विषय हुने बताए ।  

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गरे ।  

भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायतको पनि सहभागिता थियो । 

प्रकाशित: १७ भाद्र २०८१ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App