१४ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

नागरिक समाचार प्रभावः अवैध विद्यावारिधि बाँड्ने कार्यक्रम रोक्न मन्त्रीको निर्देशन

शिक्षामन्त्री सुमना श्रेष्ठले अवैध भारतीय विश्वविद्यालयले मानार्थ विद्यावारिधि बाँड्ने भनिएको कार्यक्रम रोक्न निर्देशन दिएकी छन्।

नागरिक दैनिक र नागरिकन्युजमा प्रकाशित भएको समाचारमा ध्यानाकर्षण गर्दै शनिबार पर्यटन बोर्डमा हुने भनिएको कार्यक्रम रोक्न शिक्षामन्त्री श्रेष्ठले निर्देशन दिएको सचिवालयले जनाएको छ।

‘नागरिकको समाचार पढेपछि शिक्षामन्त्रीज्यूले सचिवज्युसँग थप जानकारी लिनुभयो। जानकारी लिदा मन्त्रालयसँग कुनै अनुमति लिएको पाइएन,’ शिक्षामन्त्री श्रेष्ठको सचिवालयमा कार्यरत कानून तथा सञ्चार विज्ञ हशिरप्रसाद भट्टले भने,‘त्यसपछि कार्यक्रम रोक्न गृहमन्त्रालय र पर्यटन मन्त्रालयसँग पनि समन्वय गरेर कार्यक्रम रोक्न पहल भइसकेको छ।’

यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई कार्यक्रम रोक्न समन्वय गरेको, जबरजस्ती आयोजना गर्न खोजे प्रशासनले हस्तक्षेप गरेरै कार्यक्रम रोक्न निर्देशनसम्म भएको उनले बताए।

यता उक्त कार्यक्रमका लागि पर्यटन बोर्ड हल प्रयोग गर्न नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पनि निर्देशन आइसकेको बोर्डस्रोतले बतायो। शिक्षामन्त्री श्रेष्ठले यसविषयमा थप अनुसन्धान गरेर कारबाही गर्न पनि मातहतका निकायलाई निर्देशन गरेको सचिवालयले जनाएको छ।

प्रकाशित: ८ असार २०८१ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App