१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यालय भवन निर्माणमा भारतको ३ करोड सहयोग

बैतडीको श्री भूमेश्वर मावि भवन शिलान्यास गर्दै मेयर गौरी सिंह रावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहलगायत। तस्बिर: नागरिक

भारत सरकारले बैतडी जिल्लाको पाटन नगरपालिका–४ स्थित निर्माण हुने श्री भूमेश्वर माविको भवन निर्माणमा ३ करोड १० लाख सहयोग गर्ने भएको छ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत सो सहयोगमा निर्माण हुन लागेको भवनको शिलान्यास पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार गरेका हुन्। यो सहयोगअन्तर्गत विद्यालयलाई आवश्यक अन्य सुविधासहित दुई तले विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ।

प्रकाशित: २९ वैशाख २०८१ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App