२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

नव इन्जिनियर भन्छन्, ‘स्वदेशमै बसेर काम गर्छाैं’

नव इन्जिनियरहरूले स्वदेशमै बसेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल इन्जिनियरिड कलेज दुवाकोट चांँगुरानारण भक्तपुरबाट कम्प्युटर, आर्किटेक्ट, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियर पढाइ पूरा गरेका विद्यार्थी बिदाइ कार्यक्रममा ती नव इन्जिनियरले स्वदेशमै बसेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

इलेक्टिकल एन्ड इलेक्ट्रोनिक्समा इन्जिनियरिङ उत्तीर्ण सरोज महर्जनले स्वदेशमै बसेर काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘मैले स्वदेशमा पढें। यो ज्ञान स्वदेशमै बसेर व्यवहारमा ल्याउँछ।’ यसैगरी आर्किटेक्टका हिमाल रोकाया, कम्प्युटरका युवराज महतो, इलेक्टोनिक्स एन्ड कम्युनिकेसनका बलराम राईले स्वदशमै बसेर काम गर्ने बताए।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले जहाँं बसेर काम गरे पनि इथिक्स (आचारसंहिता) मा रहेर काम गर्न निर्देशन दिए। पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. राजेश ठकुराठीले मेहनतका साथ काम गरे इन्जिनियरहरूलाई नेपालमै राम्रो रहेको बताए।

कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट बिदा भएका विद्यार्थीलाई इमानदारीका साथ काम गर्न निर्देशन दिए। उत्पादित विद्यार्थी नै कलेजको वास्तविक ब्रान्ड एम्बेसडर भएको भन्दै उनले आचारसंहितामा रहेर काम गर्न निर्देशन दिए।

प्रकाशित: २८ पुस २०८० १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App