१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो कुरा बताएका हुन। उनले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतिको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चलाउन आवश्यक रहेको बताए।

अर्थमन्त्री महतले विदेशमा गएपछि सबै समस्या हल हुने गरी शैक्षिक परामर्श केन्द्रहरूले प्रचार गरेको बताए। उनले आफू पनि विदेशमा बसेर आएको हुनाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उल्लेख गरे। अर्थमन्त्री महतले नेपालमा नै धेरै श्रमशक्तिहरुको आवश्यकता रहेको भए पनि विदेश जाने पद्धतिले समस्या निम्त्याएको दाबी गरे।

उनले सरकारले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताए। अर्थमन्त्री महतले नेपालमा नम्बरका आधारमा धेरै विश्व विद्यालयहरू खोल्ने डिन र भिसी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको भन्दै अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्ने बताए। उनले सरकारसँग स्रोत कम भएकोले पर्याप्त बजेट व्यवस्थापन गर्नसके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास रहेको उल्लेख गरे।

 उनले देशको आर्थिक स्रोत कम रहेको तरआवश्यकताहरू धेरै रहेको उल्लेख गर्दै सबै मागहरूलाई सरकारले एकै पटक पूरा गर्नसक्ने जिकिर गरे।उनले सरकार र प्रतिपक्षमा हुने सबैले एकताबद्ध भएर देश विकासको लागि प्राथमिकताका आधारमा लगानी गर्न आवश्यक रहेको बताए। उनले वैदेशिक लगानी मुलुकको हितको लागि भए/नभएको हेरेर मात्रै लिने नीति लिन आवश्यक रहेको बताए।

प्रकाशित: २७ भाद्र २०८० १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App