५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

नेपालको शिक्षा समायानुकुल भएनः सांसद चन्द्र भण्डारी

फाइल तस्बिर

नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।  

उनले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए। उनले नेपालको समयानुकुल शिक्षा नीति नहुँदा विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए। प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौति रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा उनले जोड दिए।

विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहेको अर्थ नरहेको उनले जिकिर गरे। उनले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताए।

उनले भने, ‘हाम्रो नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भयो, नेपालका लागि र नेपालीका लागि गर्न सकेन। नभन्दै अहिले हामीले हाम्रा युवाहरु बाहिर जान्छन्, त्यही शिक्षाको परिणाम हो यो। हामीले तल्लो तह, क्याम्पस र उच्च शिक्षामा यि तीनै क्षेत्रमा हाम्रा धेरै चुनौति छन्, यी सके लिडरसिपको कारण हो। हाम्रो पाठ्यक्रम पनि हामीले राम्रो बनाउन सकेनाैं। समयानुकलु छैन, परीक्षा प्रणाली पनि समायानुकुल छैन, नतिजा पनि समयमा निस्किँदैन, हाम्रो विद्यार्थीले १० कक्षा पास गर्दा सामान्य कुरा पनि बुझेको हुँदैन, उसले कुनैपनि कुरा बुझेको हुँदैन, नेपाल, नेपालको स्थिति केही बुझेको हुँदैन, यस्तो कुरा मैले कतैपनि देखेको छैन। विश्वविद्यालयथ बन्द गरौँ, किन तलव ख्वाएर राख्ने, बेरोजगारीको थुप्रो उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो, यो मैले ७ वर्षअघि भनेको हो, अझै पनि त्यही छ।’

प्रकाशित: ३ श्रावण २०८० ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App