६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

इटहरीले छात्रवृत्तिका लागि साउन २२ गते परीक्षा लिँदै

इटहरी उप-महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २२ गते परीक्षा लिने भएको छ।

उप-महानगरपालिकाको शिक्षा शाखाले बुधबार एक सूचना जारी गर्दै साउन १ गतेदेखि आवेदन खुला हुने र साउन १५ गतेसम्म रहने उल्लेख गरेकाे छ।

शैक्षिक सत्र ०८०/८१ का लागि छात्रवृत्तिका लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुनेछ। 

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सय वटा बहु वैकल्पिक वस्तुगत प्रश्न सोधिने अधिकृत फाल्गुनी प्रसाद काफ्लेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: २८ असार २०८० ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App