१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

कस्ता विश्वविद्यालय खुल्दैछन्

भएकै ११ वटा विश्वविद्यालयका निजी, सम्बन्धन प्राप्त र आंगिक गरी ५ सय ८४ क्याम्पसमा विद्यार्थी अभावमा कायक्रम र कलेज गाभ्ने अवस्थामा सरकारले अध्ययन-अनुसन्धानविनै नयाँ विश्वविद्यालय थप्ने तयारी गरेको छ।

हाल नेपालमा १३ वटा विश्वविद्यालय स्थापना भएकोमा ११ वटा सञ्चालित छन् भने दुइटा विश्वविद्यालय (मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र विदुषी योगमाया विश्वविद्यालय) मा पठनपाठन सुरु भइसकेको छैन।

यसका बाबजुद सरकारले चालु आर्थिक वर्षमै पाँचवटा थप नयाँ विश्वविद्यालय खोल्ने तयारी गरेको छ, जसमध्ये नेपाल विश्वविद्यालयको प्रस्ताव सरकारले पास गरिसकेको छ।

जेठ २९ मा रैथाने विश्वविद्यालय स्थापनाको अध्ययन प्रतिवेदन रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान अध्यक्ष डा. मानबहादुर विश्वकर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीलाई बुझाइसकेका छन्।

भएकै ११ वटा विश्वविद्यालयका निजी, सम्बन्धन प्राप्त र आंगिक गरी ५ सय ८४ क्याम्पसमा विद्यार्थी अभावमा कायक्रम र कलेज गाभ्ने अवस्थामा सरकारले अध्ययन-अनुसन्धानविनै नयाँ विश्वविद्यालय थप्ने तयारी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दहालले सोमबार कांग्रेसका दिवंगत नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन्। स्पोर्टस् विश्वविद्यालय र मुस्लिम विश्वविद्यालयको मस्यौदा लेखन कार्य समाप्त भई सम्बन्धित अनुसन्धान केन्द्रहरूले अध्ययन गरिरहेका छन्।

प्रश्न कति विश्वविद्यालय खोल्ने हो कि कस्तो विश्वविद्यालय खोल्ने? भन्ने महत्वपूर्ण रहेको शिक्षाविद् विद्यानाथ कोइरालाले औंल्याए। कोइरालाका अनुसार सरकारले स्थापना गरेको राजर्षिजनक विश्वविद्यालयको मुख्य उद्देश्य नै मधेसको संस्कृति, कला, उत्पादन, मिथिला कला संस्कृति, रामसीता, जनक, गार्गी लगायतका बारेमा विशिष्टीकृत शिक्षण सिकाइ गर्ने थियो, तर यो विश्वविद्यालय आफ्नो उद्देश्य र मर्मअनुसार चल्न सकेन। अन्य भएकै विश्वविद्यालयकै कार्यक्रम चलायो जुन उपलब्धिमूलक हुन सकेन। आउन लागेका नयाँ विश्वविद्यालय पनि यस्तै प्रकृतिको हुने हो भने नयाँ विश्वविद्यालय किन चाहियो भन्ने प्रश्न उठ्ने शिक्षाविद् कोइरालाको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दहालले सोमबार कांग्रेसका दिवंगत नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन्।

त्यसो त गिरिजाप्रसाद कोइराला, रैथाने, स्पोर्ट र मुस्लिम विश्वविद्यालयको मस्यौदा आफैंले लेखेको शिक्षाविद् कोइराला बताउँछन्। ‘गिरिजाप्रसाद कोइराला विश्वविद्यालयको मस्यौदा गिरिजा बाबुको सपनाअनुसार गरिब, मजदुर, राजनीतिज्ञ पढाउने ग्यारेन्टी गर्ने परिकल्पनाका साथ मस्यौदा तयार गरेका हौं’, शिक्षाविद् कोइरालाले नागरिकसँग भने, ‘समुदायसँग जोडिएर शिक्षण सिकाइ गराउने लक्ष्य यस विश्वविद्यालयको हो।’

शिक्षाविद् कोइरालाका अनुसार गिरिजाप्रसाद कोइराला विश्वविद्यालयको मस्यौदा असार १६ मा प्रधानमन्त्रीलाई बुझाइएको हो। यसको स्थापनाका लागि सिन्धुपाल्चोक, गोकर्ण र भैरहवामा समेत जग्गाका लागि अध्ययन कार्य भइरहेको छ।

यसैगरी रैथाने विश्वविद्यालयका लागि सल्यान, स्पोर्टस् विश्वविद्यालयका लागि दाङ र मुस्लिम विश्वविद्यालयका लागि लुम्बिनीमा सरकारले जग्गा व्यवस्थापनका लागि अध्ययन कार्य अगाडि बढाएको छ।

रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर विश्वकर्माका अनुसार रैथाले सीप, कला र स्थानीय उत्पादनलाई रोजगारसँग जोडेर संस्थागत विकासका लागि रैथाने विश्वविद्यालयको आवश्यकता परेको हो। उनले विश्वविद्यालय धेरै वा थोरै जति खुले पनि खोल्नेबारे छलफल आवश्यक रहेको बताउँदै रैथाने विश्वविद्यालयमा फरक खालको शिक्षण सिकाइ हुने दाबी गरे। उनले नेपालका विभिन्न जातजातिमा रहेको सीप, कला, मौलिकता, संस्कृतिलगायतको प्रवद्र्धन र पहिचान बढाउन उपलब्धिमूलक हुने जनाए।

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार काठमाडौं विश्वविद्यालयमा सञ्चालित सातवटा स्कुलमा २ सय शैक्षिक कार्यक्रमको कुल सिटको ३० प्रतिशत कोटा यस वर्ष खाली नै रहेको छ। उनले मेडिकलतर्फ एमबिबिएस र बिडिएसबाहेक अन्यमा कोटा खाली रहेको जनाए।

शिक्षाविद् कोइरालाका अनुसार गिरिजाप्रसाद कोइराला विश्वविद्यालयको मस्यौदा असार १६ मा प्रधानमन्त्रीलाई बुझाइएको हो। यसको स्थापनाका लागि सिन्धुपाल्चोक, गोकर्ण र भैरहवामा समेत जग्गाका लागि अध्ययन कार्य भइरहेको छ।

यो समस्या एउटा केयुको मात्र नभएर मुलुकमा सञ्चालित ११ विश्वविद्यालयअन्तर्गत सञ्चालित सबै कलेजको हो। उपकुलपति थापाको भनाइमा ‘विशिष्टीकृत विश्वविद्यालय खोल्नुपर्छ तर राजनीतिक प्रभावमा खोल्नुभएन।’

विश्वविद्यालय अनुदान आयोगका सदस्य–सचिव शंकरप्रसाद भण्डारीले आयोगले बुधबारदेखि नयाँ विश्वविद्यालय कस्तो र कसरी स्थापना गर्ने वा नगर्नेबारे सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने तयारी गरेको जानकारी दिए।

‘विश्वविद्यालय खुल्दै जाने र विद्यार्थी नहुने हो भने कसरी चल्ने? यसकारण आयोगले उपकुलपतिहरूसँग बसेर छलफल गरी ठोस निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ’, भण्डारीले भने।

प्रकाशित: २० असार २०८० ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App