८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

सोह्र विधामा प्रिसिडेन्ट इन्टरनेशनल एजुकेशन अवार्ड प्रदान

प्रिसिडेन्ट इन्र्टरनेशनल एजुकेशन अवार्ड प्रदान गरिएको छ। १६ विधामा २२ वटा अवार्ड प्रदान गरिएको हो।

जसमा कलेज एक्सिलेन्स अवार्ड नेशनल कलेज अफ कम्प्युटर अफ साइन्स (एनसिसिएस), वेलविलिङ कलेज अवार्ड इटहरीको कोशि सेन्ट जेम्स कलेज, आउटस्टाडिङ अवार्ड ललितपुर कुमारीपाटीको ब्लुबर्ड सेकेण्डरी स्कुल,  स्कुल एक्सिलेन्स अवार्ड एन।के। सिंह मेमोरियल इङलिस पिपेरटरी हाई स्कुल ।९इपिएस० ले पाउन सफल भएको छ।  

यसैगरी टप पर्फरमेन्स अवार्ड डिएभि स्कुलका निर्देशक सुमन बस्नेत र काठमाण्डौ। बाफलको  ज्ञानोदय मा।वि। स्कुल, डाइनामिक प्रिन्सिपल अवार्ड अर्नामिका श्रीवास्तव, इनोभेशन अवार्ड ग्लोवल एक्सन नेपाल, इनोभेटिक प्रिसिन्पल अवार्ड चावहिलको जनकल्याण सेकेण्डरी स्कुल र तक्षशिला एकेडेमीका प्रिन्सिपल नेत्र प्रसाद न्यौपाने, भर्सटाइल टिचर अवार्ड लिट्टिल एन्जल्स स्कुलका देवी दत्त पौडेल , प्रोफेशनल एजुकेशन अवार्ड भक्तपुरको गोल्डेन गेट स्कुलका संस्थापक निर्देशक अन्जु चिपालु जोशी र कोटेश्वरको हिमालय कलेज, एजुकेशन इन्फुलेन्स अवार्ड सेन्ट जेवियसर् स्कुल गोदावरीले पाउन सफल भएको छ।

शिक्षा विधामा पत्रकारिता गर्दै आएका पत्रकारहरुमा समाचारपत्र दैनिकका ईश्वरराज ढकाल र रेडियो नेपालका यशोधा अधिकारीले जनही १० हजार नगद सहित अवार्ड पाउन सफल भएका छन्।

भोकेशन एजुकेशन अवार्ड अर्लि चाईल्डहुड एजुकेशन सेन्टरकी रियान र वानेश्वरको नेशनल एकेडेमी, वेलवियरिङ स्कुल अवार्ड बालकोटको माउण्ट भ्यू इङलिस बोडिङ स्कुल र चितवनको नारायणी मोडेल सेकेण्डरी स्कुल , डिल्लिवजारको पद्यमकन्या मा।वि। ले माइलस्टोन एजुकेशन अवार्डर लाइफ टाइम एचिभमेन्ट अवार्ड कविराज राईले पाउन सफल भएका छन्।

कार्यक्रममा शिक्षा राज्य मन्त्रि प्रमिला कुमारी, वाग्मती प्रदेशका मन्त्रि माननीय रामकृण्ण चित्रकार, रोटरियन उर्वशी राणा, ललितपुर प्याब्सनका अध्यक्ष निराज मर्हजन, अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारी, हिसानका केन्द्रीय सहकोषाध्यक्ष नरैन्द्य्र बहादुर अधिकारी लगायत शिक्षाकर्मीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ३ असार २०८० १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App