१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

भर्नासँगै हातहातमा पाठ्यपुस्तक

अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो। विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए। गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो। पाठ्यपुस्तकको अभावले विद्यार्थीको संख्या पनि घट्यो।

भर्ना संख्या र कक्षा हाजिरी हेर्दा विद्यार्थीको उपस्थिति निकै कम देखियो। जनप्रतिनिधिदेखि शिक्षाका सबै कर्मचारीले पाठ्यपुस्तककै अभावको कारण देखाए। माध्यमिक तहसम्मका विद्यार्थीले सोचेअनुरूप नतिजा पनि ल्याउन सकेनन्। माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा पनि उत्तीर्णसम्म मात्रै आउन सक्ने अनुमान गरियो।

अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो।

शिक्षक जीवन बोहराका अनुसार यस नयाँ वर्षमा भने पाठ्यपुस्तकका लागि सरकारले विद्यालयलाई ‘सरप्राइज’ दियो, पाठ्यपुस्तक। ‘राजधानीको जस्तै शैक्षिक सत्रको सुरूआतमै जिल्ला सदरमुकाम चैनपुरमा पाठ्यपुस्तक पुगेपछि शिक्षक विद्यार्थी उत्साहित नहुने कुरै भएन’, उनले भने,‘अब राज्यले शिक्षा सुधारका लागि ठोस निर्णय गरेको देखियो। हाम्रो साइपालमा त इतिहासमै पहिलोपटक वैशाखको पहिलो सातामै पाठ्यपुस्तक पुग्दैछ।’

सत्यवादी माध्यमिक विद्यालयमा अध्ययनरत हिमेश जोशी भन्छन्, ‘कुनै वर्ष पनि शैक्षिक सत्रको पहिलो महिनामा नपुगेका पुस्तक यो पटक वितरण हुने भएका छन्’, जोशीका अनुसार विद्यार्थीले अघिल्लो वर्ष त्रैमासिक, अर्धवार्षिक परीक्षा पनि पुस्तकबिनै दिएका थिए।

शिक्षक जीवन बोहराका अनुसार यस नयाँ वर्षमा भने पाठ्यपुस्तकका लागि सरकारले विद्यालयलाई ‘सरप्राइज’ दियो, पाठ्यपुस्तक।

‘गत वर्ष पनि केही पुस्तक शैक्षिक सत्रको आठ महिनापछि पाएका थियौं’, उनले भने, ‘जिल्ला सदरमुकाममा त यति ढिलाइ हुन्थ्यो भने, अरू पालिकामा झन् पुस्तक नपाएरै वार्षिक परीक्षा समेत दिएको गुनासो सुनिन्थ्यो। यो वर्ष भने सबैको समस्याको समाधान हुने भयो।’

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आठ स्थानीय तहका लागि आइतबार साँझसम्म पुस्तक पुगेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जयपृथ्वी, बुङ्गल, थलारा, छविस, मष्टा, सुर्मा, साइपाल, वित्थडचिर गाउँपालिकाका लागि पाठ्यपुस्तक सम्बन्धित पालिकामा पुगेको बताइन्। उनका अनुसार यो साताभित्र जिल्लाका सबै विद्यालयमा विद्यार्थीको हातहातमा पुस्तक पुगिसक्ने छन्।

शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णय बमोजिम विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक जिल्लामा पुगेको जिल्ला शिक्षा तथा समन्वय एकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए।

उनले जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले नयाँ वर्षको पहिलो सातामै पुस्तक जिल्लामा पुगेको बताए। ‘विद्यालयले सिधै केन्द्रसँग समन्वय गरेर ल्याउँदा पाठ्यपुस्तक छिटो पनि पुगेका छन्’, कठायतले भने,‘बझाङमै पनि वित्थडचिर गाउँपालिकाका छ विद्यालयले केन्द्रसँग समन्वय गरेर बिहीबार नै दुई हजार सेट पुस्तक ल्याइसकेको छ।’

सबैको समन्वयमा केही दिन ढिलाइ हुन सक्ने विद्यालयले पनि केन्द्रसँग समन्वय गरिरहेका छन्।

उनले जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले नयाँ वर्षको पहिलो सातामै पुस्तक जिल्लामा पुगेको बताए।

साइपालमा बुधबार वितरण गरिने

साइपाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख खडक बुढाका अनुसार साइपाल गाउँपालिकाका ११ वटै सामुदायिक विद्यालयमा बुधबार पाठ्यपुस्तक वितरण गरिनेछ। आइतबार साँझसम्म ६ देखि १० कक्षासम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक पुगेको र १ देखि ५ सम्मका पुस्तक सोमबार बिहान पुग्ने हुँदा एकमुस्टै बुधबार पालिकामा वितरण गर्ने उनले बताए। ‘विद्यार्थी भर्ना गर्दै हातहातमा पुस्तक दिने तयारी गरेका छौं’, उनले भने।

बुढाका अनुसार विगतका दिनमा पुस्तककै हाहाकार हुन्थ्यो। ‘यो शैक्षिक सत्रमा भने विद्यार्थीको पठनपाठनमा सुधार हुने आशा गरेका छौं’, उनले भने, ‘साइपाल आफैँमा मुलुककै सबैभन्दा दुर्गम गाउँपालिका हो। यहाँ सबै अभावै अभाव हुन्छ। पाठ्यपुस्तक पुग्न त झण्डै शैक्षिक सत्रको दश महिनासम्म पनि कुर्नुपथ्र्यो। यो पटक भने आजसम्मकै छिटो पुगेको हो।’

वैशाखमै कसरी सम्भव भयो?

गत माघ ३ गते शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताए।

उनले भनेका थिए,‘लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भनेर आफैं अभियानमा लागेको भएर पहिलो प्राथमिकता भनेको सिकाइ उपलब्धिलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्छु।’

गत माघ ३ गते शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताए।

उनले तल्ला कक्षामा दरबन्दी समायोजन गर्नुपर्ने, विश्वविद्यालय सुधार गर्नुपर्ने, पाठ्यपुस्तक नपाउने समस्या निर्मूल पार्ने, शैक्षिक सत्र सुरु हुँदै पाठ्यपुस्तक हातमा पुर्‍याउने योजना सुनाएका थिए। उनको योजनासँगै मन्त्रालयले १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दियो।

शैक्षिक सत्र २०८० का लागि देशभर कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्य सामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री-वितरण गर्ने निर्णय गर्‍यो।

मन्त्रालयले यसअघि १ देखि ३ कक्षासम्मको पुस्तक छपाइको जिम्मा निजीलाई दिएको थियो। जनक शिक्षा सामग्री केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छापेसँगै देशभर एकैपटक पुस्तक पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए। रासस

प्रकाशित: ४ वैशाख २०८० ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App