२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

फाइल तस्वीर

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्।

परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, संगीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया, धनकुमारी विक ३९ वर्षीया, रामदेवीपुन ४० वर्षीया, विष्णुकुमारी गुरुङ ४९ वर्षीया र पूजा छन्त्याल २८ वर्षीया सहभागी हुनुभएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताए।

बेनी सामुदायिक विद्यालय अन्तर्गत २०७३ सालमा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय मंगलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुई तलाबाट पठनपाठन सञ्चालन गरिंदै आएको छ।

महिलाहरूको पढ्ने धोको पूरा गर्न सञ्चालन गरिएको यस विद्यालयलाई प्रदेश सरकार, बेनी नगरपालिकाको अनुदान र स्वदेश तथा विदेशमा रहेका दातामा प्राप्त चन्द्राबाट विद्यालय सञ्चालन गरिएको अध्यक्ष शाक्यले बताए।

विद्यालयबाट अघिल्लो वर्ष सात महिलाले एसइई उत्तीर्ण गरेका थिए। यस विद्यालयमा २० वर्ष भन्दामाथिका ३९ महिला अध्ययनरत छन्। रासस

प्रकाशित: १७ चैत्र २०७९ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App