२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक

विद्यार्थीका लागि प्रयोगात्मक विधिको पढाई व्याख्यानभन्दा कयौँ गुण बढी प्रभावकारी मानिन्छ। पाठ्यक्रम विकास केन्द्रले प्रयोगात्मक विधिबाट पढाउनुपर्ने विषयहरूमा शिक्षकका लागि निर्देशिका नै बनाएको छ। 

अझ आमाको दूध छुटेर विद्यालय गएका साना उमेरका बालबालिकाका निम्ति त झनै प्रयोगात्मक विधिमार्फत विद्यालय आउँ–आउँ भन्ने वातावरण तय गर्नुपर्छ। आइतबार इटहरीमा रहेको चिजन्स प्यालेस मन्टेश्वरीले प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक प्रदर्शनी गरेको छ।

कक्षा एक देखि ५ सम्म सहभागी विद्यार्थीहरूले विभिन्न विधामा शैक्षिक प्रदर्शनी गरे।  विद्यालयले कक्षा कोठामा मात्र सीमित सैद्धान्तिक  ज्ञानलाई प्रयोग गर्दै प्रयोगात्मक रुपमा उक्त शैक्षिक प्रदर्शनी गरेको हो । विद्यार्थीको ज्ञानलाई प्रत्यक्ष र प्रयोगात्मक रुपमा अवलोकन गर्न पाउँदा अभिभावक खुसी भेटिए। 

मन्टेश्वरीले किताबी अध्ययनमा  मात्र सीमित रहेर पठनपाठन गराउँदा पछिल्लो समय विद्यार्थीहरूले आफ्नो सामाजिक चालचलन, परम्परा र मौलिकता बिर्सिँदै गएका छन्। यही कुरालाई ध्यानमा राखेर मन्टेश्वरीले प्रदर्शनीमा परम्परागत मौलिक खानाहरु, पुर्खाहरुले दैनिक जीवनमा  प्रयोग गर्ने सामाग्री, बाजाहरु साथै सामाजिक चालचलनका कुराहरुलाई पनि प्रदर्शनीमा राखिएको थियो। 

प्रदर्शनीमा खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदा बनाएर राखिएको थियो। आउने अभिभावक र पाहुनाले विद्यार्थीले बनाएका परिकारको स्वाद पनि लिएका थिए। अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा विद्यार्थीले त्यसलाई पुनः प्रयोगमा ल्याउन गरिएको कार्य निकै लोभलाग्दो भएको सञ्जय चौधरीले बताए। पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरीलगायतका सामग्री संकलन गरेर  प्रदर्शनीमा गरिएको राखिएको थियो।

प्रदर्शनीमा भाषा, नेपाली, गणित ,सामाजिक, विज्ञान  र अंग्रेजी विषयसँग सम्बन्धित विभिन्न सामग्री साथै सामाजिक, सांस्कृतिक र मौलिक नेपालीपन झल्काउने बाजा तथा सामग्री राखिएको थियो।  विद्यार्थीहरुबाटै निर्मित गेमजोन र रोबर्ट पनि  प्रदर्शनीमा राखिएको थियो। साँस्कृतिक कार्यक्रम गरेर मात्र अभिभावकले विद्यार्थीको सिकाइ नदेख्ने हुँदा यसपटक फरक र नयाँ पुस्तालाई पुराना ऐतिहासिक पक्षको ज्ञान दिन यसपटकको प्रदर्शनी राखेको विद्यालयका संचालक हरि आचार्यले बताए। कार्यक्रमको औपचारिक उद्घाटन निःसहाय बालबालिका अनाथ आश्रमकी सञ्चालिका गीता गौतमद्वारा गरिएको थियो।

प्रकाशित: ६ चैत्र २०७९ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App