२४ असार २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

विकल्प दुध निर्यात

कृषिप्रधान भएकाले नेपालमा कृषि पेसा सम्मानित र दिगो तथा भरपर्दो ठानिन्छ। तर वास्तविकता भने पृथक छ। कहिले कुनै खाद्यान्न नपुग भएर आयात गर्नुपर्दा किसानका सीमित उत्पादनले पनि भाउ पाउँदैनन्। कहिले भने उत्पादन राम्रो भएर पनि नबिक्ने, उधारोमा दिनुपर्ने र बिचौलियाको उठ्बस् मान्नुपर्ने अवस्था सिर्जना हुन्छ। यतिखेर दूध उत्पादक कृषकहरू उत्पादन बढी गरेको ‘अपराध’ को सजाय भोगिरहेका छन्।

दुग्ध विकास संस्थानले दैनिक किसानसँग एक लाख ५५ हजार लिटर दूध किन्छ जसमध्ये एक लाख पाँच हजार उपभोक्तालाई बेच्छ। बाँकी भने बटर र पाउडर दूध बनाउँछ। यसरी बटर र पाउडर बनाएको यसको दीर्घकालीन प्रयोगका हिसाबले हैन। सबै नबिकेपछि यसो गर्नु उसको बाध्यता बनेको छ। यसरी बढी उत्पादन भएको सामग्रीलाई भविष्यमा प्रयोग गर्न मिल्ने खाद्यान्नमा रूपान्तरण गर्नु उचित काम हो तर यही बहानामा संस्थानले किसानलाई मर्का पारिरहनुचाहिँ गलत हो।

संस्थानलगायत विभिन्न उद्योगले किसानलाई दूध किनेबापत चार अर्ब रुपियाँ दिनै बाँकी छ। उनीहरूले आफूसँग नौ अर्ब रुपियाँ बराबरको दुग्धजन्य पदार्थ नबिकेर भण्डारमा रहेकाले किसानको पैसा तिर्न नसकेको बताउँदै आएका छन्। यसमध्ये संस्थानले मात्र ५५ करोड रुपियाँ तिरेको छैन जबकि उसले आफूसँग ६५ करोड रुपियाँको दुग्धजन्य पदार्थ मौज्दात रहेकाले किसानलाई भुक्तानी गर्न नसकेको लाचारी प्रकट गरिरहेको छ।

नेपालका उद्योगहरू आफू जोखिम लिन नचाहने, खाली वित्तीय संस्था र उपभोक्ताको पुँजीमा रमाउनेखालका छन्। उद्योग भनिसकेपछि केही जोखिम मोल्न पनि तयार हुनुपर्छ। भनाइको मतलब भण्डारण गरिएको दुग्धजन्य पदार्थ उचित समयमा बिक्री गर्ने र त्यसबाट आउने रकम आफूले लिनेगरी अहिलेचाहिँ आफ्नै बचत वा कुनै वैकल्पिक अवस्था अपनाएर दूधको रकम भुक्तानी गर्नुपथ्र्यो। त्यसैगरी दुग्ध विकास संस्थानले पनि यही प्रक्रिया अपनाउनु पथ्र्यो। सर्वसाधारणका लागि केही हजार पनि ठूलै हो भने संस्थान वा ठूला उद्योगका लागि केही करोड पनि सामान्य हुन सक्छ, व्यवस्थापन गर्न सक्दा। तर उनीहरू यो बाटोमा लागेर जोखिम लिन चाहेनन्। जसको मार किसानमाथि परिरहेको छ। यो सोझै किसानमाथिको अन्याय हो।

व्यापारीहरूले दूध बिक्री नहुनुलाई नेपालीको क्रयशक्तिमा आएको ह«ासलाई मुख्य कारण भनेका छन्। खासमा क्रयशक्ति मात्र एउटै कारण हुन्थ्यो भने भर्खरै सकिएका दसैँ÷तिहार जस्ता पर्वमा खसी÷बोकालगायत मासुजन्य पदार्थको बिक्री पनि ह्वात्तै घट्नुपथ्र्यो। त्यसैले यो मात्र कारण सही होइन। बजार व्यवस्थापन कलाको अभाव पनि अर्को महŒवपूर्ण कारण हुन सक्छ। जसतर्फ ध्यान पु¥याउन आवश्यक छ।

आफ्ना उत्पादनलाई स्तरीय बनाइ प्रचारप्रसार गर्ने र विदेशी बजार खोज्ने यो समस्या समाधानको एउटा गतिलो र दीर्घकालीन उपाय हुन सक्छ।खासगरी संस्थानको भूमिका किसानसँग दूध लिने र बजारमा बेच्नेमा मात्र सीमित देखिएको छ। यत्ति कामका लागि संस्थान नै खडा गरेर गाडी र अन्य लाखौँका सुविधा दिएर ठूला ठूला पद सिर्जना गर्नै पर्दैन। सामान्य डेरीले नै गर्न सक्छन्। त्यसैले बजार खोजी संस्थानको अहिलेको नेतृत्वको परीक्षा पनि हो।

त्यसबाहेक नेपाली बजारमा पनि दुग्धजन्य पदार्थको फाइदाबारे सबैमा जानकारी पुगेको छैन। त्यसैले मानव स्वास्थ्यका लागि अति आवश्यक चिल्लो पदार्थ, ल्याक्टोजिन, प्रोटिन, कार्बोहाइड्रेट, खनिज पदार्थ र भिटामिन दूधमा पाइन्छ भन्ने वास्तविकता व्यापक पार्न सकियो भने यसको उपयोग वृद्धि हुनेछ। यसबाहेक उत्पादक र बिक्रीकर्ताबीच व्याप्त कमिसनलाई खुम्च्याउने हो भने पनि केही हदसम्म बजार विस्तार हुन सक्छ। यी सबै यस्ता अवस्था हुन् जसले अहिले देखिएको ‘दूध समस्या’ लाई समाधानोन्मुख तुल्याउँछ।

प्रकाशित: ५ मंसिर २०८० ००:३८ मंगलबार

Download Nagarik App
Download Nagarik App