३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
अर्थ

उदयपुरका स्थानीय तहको बेरुजु साढे ३१ करोड बढी

उदयपुरका ८ वटा स्थानीयतहमा साढे ३१ करोडभन्दा बढी बेरुजु रहेको छ। भर्खरै सार्वजनिक महालेखा परीक्षक (मलेप)को ६२ औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनले बेरुजुको सो आँकडा देखाएको हो।

प्रतिवेदन अनुसार ४ नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरमा अघिल्लो आर्थिकवर्ष २०८०/०८१ को मलेपले ३१ करोड ५४ लाख ४३ हजार रुपैयाँ बेरुजु देखाएको हो। मलेप प्रतिवेदन अनुसार जिल्लाका ८ स्थानीयतहमध्ये सबैभन्दा धेरै बेरुजु त्रियुगा नगरपालिकाको र सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको देखाएको छ।

प्रतिशतका हिसावले सबैभन्दा बढी बेरुजु नगरपालिकातर्फ सदरमुकामसमेत रहेको त्रियुगा र गाउँपालिकातर्फ लिमचुङबुङ देखिएका छन्। त्रियुगा नगरपालिकाको लेखापरीक्षण गरेको रकम ३ अर्ब ४३ करोड ६ लाख ३६ हजारमध्ये ३.५० प्रतिशत बेरुजु देखिएको छ। अर्थात त्रियुगाको बेरुजु रकम १२ करोड ७२ हजार २ सय ६० रुपैयाँ प्रतिवेदनले देखाएको छ।

त्यसैगयरि लिमचुङबुङ गाउँपालिकाको बेरुजु प्रतिशत ३.४४ रहेको छ। लेखापरीक्षण गरेको रकम ७० करोड १६ लाख ८५ हजारमा २ करोड ४१ लाख ४३ हजार बेरुजु देखिएको छ। यो हिस्सा लेखापरीक्षण रकमको ३.४४ प्रतिशत हो।

चौदण्डीगढी नगरपालिकाको बेरुजु प्रतिशतको आकार २.३ प्रतिशत अर्थात ४ करोड ४० लाख ८ हजार देखिएको छ। चौदण्डीगढीको लेखापरीक्षण १ अर्ब ९७ करोड ४६ लाख ९ हजार रकमको गर्दा सो परिमाणको बेरुजु देखिएको हो।  

अर्को स्थानीयतह कटारी नगरपालिकाको लेखापरीक्षण गरेको २ अर्ब ८ करोड ७७ लाख ५ हजारमा ४१ करोड ९८ लाख ७ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। यो हिस्सा कुल लेखापरीक्षण रकमको २.२ प्रतिशत हो।  

बेलका नगरपालिकाको लेखापरीक्षण गरेको रकम१ अर्ब ७६ करोड २ लाख २१ हजारमा ४ करोड १७ लाख २६हजार बेरुजु देखिएको छ। जुन हिस्सा लेखापरीक्षणको २.३६ प्रतिशत हो।

ताप्ली गाउँपालिकाको बेरुजु१ करोड ५२ लाख ९९ हजार बेरुजु देखिएको छ। प्रतिवेदनका अनुसार ८५ करोड ९८ लाख ४३ हजारको लेखापरीक्षण गर्दा १.७८ प्रतिशत हिस्सा बेरुजु प्रतिवेदनले देखाएको हो।  

रौतामाई गाउँपालिकाको बेरुजु रकमा १ करोड ३० लाख ७२ हजार प्रतिवेदनले देखाएको छ। लेखापरीक्षण गरेको १ अर्ब १७ करोड ३४ लाख ४८ हजार रुपैयाँमा१.११ प्रतिशत हिस्सा बेरुजु देखिएको हो।

सबैभन्दा कम बेरुजु उदयपुरगढी गाउँपालिकाको १ करोड २१ लाख १७ हजार रकम रहेको प्रतिवेदनले देखाएको छ। उदयपुरगढीको लेखापरीक्षण रकम १ अर्ब ४२ करोड १२ लाख ६८ हजार रुपैयाँमा ०.८५ प्रतिशत हिस्सा मात्र बेरुजु प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ७ जेष्ठ २०८३ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App