२ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

लगानी सम्मेलनका सम्झौता कार्यान्वयनमा जान थालेको सरकारको दाबी

गत वैशाखमा सम्पन्न कोशी प्रदेश लगानी सम्मेलन २०८२ मा सम्झौता गरिएका परियोजनाहरू कार्यान्वयन चरणमा प्रवेश गरेका छन्। बिहीबार विराटनगरमा कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको ‘कोशी प्रदेश लगानी सम्मेलन २०८२ को उपलब्धि र प्रक्रियागत पक्षमा अन्तर्क्रिया’ कार्याक्रममा यस्तो जानकारी दिइएको हो।

कार्यक्रममा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले निजी क्षेत्रले सम्झौता गरेका परियोजना मध्ये केही परियोजना निर्माण भइरहेको, केही निर्माणको चरणमा रहेको र केही कार्यान्वयन प्रक्रियामा रहेको जानकारी दिए। 

कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा निजी क्षेत्रले प्रस्ताव गरेका परियोजनामा सम्झौता भएको थियो। प्रदेश लगानी सम्मेलनमा विभिन्न ५१ वटा परियोजनामा एक खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढीको लगानी सम्झौता गरिएको थियो।

प्रकाशित: २९ माघ २०८२ २१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App