२ कार्तिक २०८३ सोमबार
image/svg+xml
अर्थ

करदाता प्रोत्साहन उपहारका लागि बिल प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकेको छ।

विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको उपहार कुपन कात्तिक १ गते खोलिने र विजेता घोषणा गरिनेछ।

उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको उपहार कार्यक्रमसम्बन्धी वेबसाइट मा गई खरिद बिलको विवरण प्रविष्ट गरेर उपहार कुपन प्राप्त गर्न सक्नेछन्।

पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले उपभोक्तालाई आग्रह गरेको छ। त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न व्यवसायीलाई अनुरोध गरिएको छ।

प्रकाशित: २९ आश्विन २०८३ १०:०२ बिहीबार