२० वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

विराटनगर भन्सारमा लक्ष्य अनुसारको राजस्व सङ्कलन

विराटनगर भन्सार कार्यालयले चैत महिनामा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको छ।

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चैत महिनामा ३ अर्ब ५३ करोड २३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा अर्ब ५६ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको हो। जुन, लक्ष्यभन्दा थोरै बढी रहेको छ।

विराटनगर भन्सार कार्यालयले विगत दुई वर्ष देखि लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकिरहेको थिएन। त्यही कारण चालु आर्थिक वर्ष गत वर्षको भन्दा राजस्व सङ्कलनको लक्ष्यसमेत घटाइएको थियो। राजस्व सङ्कलनको लक्ष्य घटाइनु र देशको आन्तरिक अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका कारण भन्सारको राजस्व सङ्कलन पनि बढ्न थालेको हो।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघ महिनादेखि तोकिएको लक्ष्य भेट्टाउन थालेको हो। निर्वाचनका कारण तीन दिन नेपाल–भारत सीमा बन्द हुँदा फागुन महिनामा राजस्व सङ्कलन लक्ष्य भन्दा थोरै कम भएको थियो।

विराटनगर भन्सार कार्यालयले फागुन महिनामा ३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ३ अर्ब ४ करोड ८६ लाख रुपैयाँ सङ्कलन गरेको थियो। जुन लक्ष्यको ९५.६३ प्रतिशत हो। यस्तै माघ महिनामा ३ अर्ब २३ करोड ६१ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब २९ करोड ८६ लाख रुपैयाँ सङ्कलन गरेको थियो।

चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा कम कार्तिक महिनामा राजस्व सङ्कलन गरेको थियो। कार्तिक महिनामा ३ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ मात्रै सङ्कलन भएको थियो।

विराटनगर भन्सार कार्यालयले साउन महिनामा ७८.१४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो। साउनका लागि ३ अर्ब ३८ करोड ७ लाख लक्ष्य तोकिएकोमा २ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस्तै, भदौमा २ अर्ब ८० करोड ११ लाख रुपैयाँ, असोजमा २ अर्ब ८७ करोड ११ लाख रुपैयाँ, मङ्सिरमा २ अर्ब ६० करोड ८७ लाख रुपैयाँ र पुस महिनामा ३ अर्ब ७४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा २५ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। 

प्रकाशित: ५ वैशाख २०८३ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App