१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

भाटेकोशी बाढीपीडितलाई कैदीबन्दीले गरे आर्थिक सहयोग

कपिलवस्तु कारागारका कैदीबन्दीहरूले भोटेकोशीका बाढीपीडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।

कैदीबन्दीहरूका तर्फबाट संकलन गरिएको ६६ हजार रुपैयाँ र कारागारका चौकीदार प्रेमनाथ त्रिपाठीका तर्फबाट व्यक्तिगत रूपमा सहयोग गरिएको ३५ हजार १ सय ११ रुपैयाँ गरी कुल १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो।

जम्मा गरिएको भौचर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गरिएको थियो। चौकीदार तिवारीले राष्ट्रिय विपत्तिमा आफूहरूको समेत साथ रहेको बताए।

उनले सामाजिक उत्तरदायित्व बहन गर्दै आफूहरूले समेत विपत्तिमा सहयोग गरेको बताए। जम्मा गरिएको भौचर बुझ्दै प्रजिअ गौतमले विपत्तिमा समेत कैदीबन्दीले उदाहरणीय कार्य गरेको बताए।

कारागारका दुई ब्लकमा ४२२ कैदीबन्दी छन्।

प्रकाशित: १८ भाद्र २०८३ १८:१८ बिहीबार