२० भाद्र २०८३ शनिबार
image/svg+xml
अर्थ

इलाम उद्योग वाणिज्य संघ अध्यक्षमा पौडेल सर्वसम्मत्

इलाम उद्योग वाणिज्य संघ अध्यक्षमा चेतनाथ पौडेल (कृष्ण) दोस्रो कार्यकालका लागि सर्वसम्मत् चयन भएका छन् । इलाममा जारी १०औं जिल्ला अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयनमा अध्यक्ष पदमा पौडेलको मात्रै नाम दर्ता भएको छ ।

वरिष्ठ उपाध्यक्षमा दिपेश राई पुनः निर्विरोध भए । उद्योग उपाध्यक्षमा प्रेम सापकोटा, वाणिज्य उपाध्यक्षमा श्रीबहादुर विष्टको मात्रै उम्मेदवारी परेको छ । एक पदका लागि महिला उपाध्यक्षमा भने दिव्या भट्टराई र भगवती पराजुली कोइराला (मञ्जु)को उम्मेदवारी परेको छ ।  

महासचिवमा हेमन्त गौतम, सचिवमा सुमन दास र कोषाध्यक्षमा गणेश सुवेदीको नाममात्रै दर्ता भएकाले उनीहरू पनि निर्विरोध चयन भएका छन् ।  

५ खुला सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ । पोषक बानियाँ, ऋषि पौडेल, हिमाल बस्नेत, नितेश खत्री (बच्चु), किशोर भण्डारी, शैलेश श्रेष्ठ र सरण वैद्यको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । ३ महिला सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा लीला मैनाली, लीला खत्री, सकुन्तला राई, पूजा शिवाकोटी, नीता शिवा चापागाईं र अनुजा काफ्ले छन् ।  

अधिवेशनअन्तर्गत मनोायन दर्ता, दाबी–विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ । संख्याभन्दा बढी उम्मेदवारी परेका पदका लागि सहमतिको प्रयास गरिने र सहमति हुन नसके आइतबार बिहान १० बजेदेखि निर्वाचन हुने संघले जनाएको छ । 

प्रकाशित: २० भाद्र २०८३ २१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App