२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

पेट्रोलमा एक रुपैयाँ घट्यो, डिजेलमा दुई रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। तर, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ।

समायोजित मूल्य बिहीबार मध्यराति देखि लागू हुनेछ।

त्यसैगरी, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरिएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले मूल्य बढेको छ।

एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८२ २२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App