नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घले काठमाडौंमा सम्पन्न आफ्नो असाधारण साधारणसभामार्फत् आगामी तीन वर्षका लागि नयाँ कार्यकारिणी समिति चयन गरेको छ। कार्यक्रममा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका अग्रणी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकको अध्यक्षता राजेन्द्रकुमार खेतानले गरेका थिए। उनले द्विपक्षीय आर्थिक सहकार्य सुदृढ बनाउने नयाँ लक्ष्य र आगामी योजना बारे प्रकाश पारेका थिए। विशेषगरी नेपालमा पुनः सक्रिय गरिएको यूके डिपार्टमेन्ट फर बिजनेस एण्ड ट्रेड र दुवै देशबीच बढ्दो व्यावसायिक साझेदारीले नयाँ अवसरहरू सिर्जना गरेको उनले उल्लेख गरे।
यस बैठकमा निर्वतमान अध्यक्ष राजेन्द्रकुमार खेतानलाई “President Emeritus” पदवी सम्मानपूर्वक प्रदान गरिएको थियो। महासभाले उनको दीर्घकालीन योगदान, उत्कृष्ट नेतृत्व र सबल संस्थाको रूपमा पुनर्स्थापना गर्न खेलिएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै हार्दिक कृतज्ञता अभिलेख गरेको थियो।

साधारण सभाले सर्वसम्मतिले निम्नानुसारको नयाँ कार्यकारिणी समितिलाई अनुमोदन प्रधान गर्यो:
• अध्यक्ष:डा. रोशन राठी (एलसीसीआई ग्लोबल क्वालिफिकेशन्स प्रा. लि.)
• उपाध्यक्ष:पियुषराज अर्याल (लक्ष्मी सनराइज बैंक लि.)
• कोषाध्यक्ष:विद्यावरिदि सिग्देल (डोल्मा इम्प्याक्ट फण्ड)
• महासचिव:सरद बञ्जारा (जेनेससोलुसन्स)
• उप–महासचिव:गोविन्द शाही (युनिलिभर नेपाल लि.)
• कार्यकारिणी सदस्य:येमी कार्की (स्ट्यान्डर्डचार्टर्ड बैंक नेपाल लि.)
• कार्यकारिणी सदस्य:शिवप्रकाश खेम्का (महावीर श्रीइन्टर नेशनल)
• कार्यकारिणी सदस्य:नीलु बस्न्यात (डीएआई ग्लोबल)
• निर्वतमान अध्यक्ष:राजेन्द्रकुमार खेतान (लक्ष्मी कर्प)

नयाँ समितिवित्त, व्यापार, बहुराष्ट्रिय कम्पनी, विकास क्षेत्र, उद्यमशीलता तथा नेतृत्व अनुभवको सशक्त संयोजन हो। यस विविध नेतृत्वले नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घको मिशनलाई नयाँ ऊर्जा प्रदान गर्ने र नेपाल–बेलायत व्यापार तथा लगानी साझेदारीलाई सुदृढबनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष डा. रोशन राठीले सदस्यहरूले देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै नेपाल र बेलायतबीचको व्यापार प्रवर्द्धन, बजार पहुँच, लगानी प्रोत्साहन तथा दुवै देशका निजी क्षेत्रबीच साझेदारी सुदृढ गर्ने प्रतिबद्धता गरे।
नेपाल–बेलायत उद्योगवाणिज्य सङ्घ, सन् १९९५ मा स्थापना भएको, नेपालमा स्थापित अग्रणी द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू मध्ये एक हो। यसले नेपाल–बेलायतबीच व्यापार, लगानी र आर्थिक सहकार्य प्रवर्द्धन गर्दै आएको छ।
प्रकाशित: ३ मंसिर २०८२ १८:२२ बुधबार





