२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
अर्थ

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा भने भारी गिरावट

कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। शुक्रबार नेप्से ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा पुगेको छ।  

नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने बिहीबारको तुलनामा झण्डै २ अर्बले घटेको छ। शुक्रबार ३३५ स्टकको ९६ हजार ५७३ पटकको कारोबारमा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँबराबरको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको थियो।  

आज ५ स्टक सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भने खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ६ प्रतिशत र एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.५४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेशनल हाइड्रोपावरको ६६ करोड ८६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। सोलु हाइड्रोपावरको ३७ करोड र रिडी पावर डेभलपमेन्टको ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।  

शुक्रबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घट्यो। उत्पादन तथा प्रशोधन र होटल तथा पर्यटन उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले बढ्यो। भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।

प्रकाशित: ४ वैशाख २०८३ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App