१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अंकले घटेर दुई हजार ६६३ दशमलव १८ अंकमा झरेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अंकले घटेर ४६७ दशमलव ९६ पुगेको छ। त्यस्तै फ्लोट सूचक एक दशमलव ४० अंकले घटेर १८३ दशमलव ३३ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक एक दशमलव आठ अंकले घटेर १५८ दशमलव ५७ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर रु चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० मा खरिद बिक्री भएको छ। आज १३ उपसमूहमध्ये १३ वटै उपसमूह घटेका छन्। आज ५९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर घटेको छ। साथै पाँच कम्पनीको सेयर मूल्य स्थिर छ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। सप्तकोशी डेभलपमेन्ट बैंक, केबिएल डिबेन्चर, गुडविल फाइनान्स लिमिटेड डिबेन्चरलगायत लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: १९ श्रावण २०८३ १६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App