आर्थिक वर्ष २०८२।८३ मा ताप्लेजुङबाट झन्डै १९ करोड हाराहारी राजश्व सङ्कलन भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार सङ्ग्रौलाका अनुसार आर्थिक वर्ष ०८२।८३ मा १८ करोड ९३ लाख १८ हजार ३० रुपैयाँ राजश्व सङ्कलन भएको छ।
सबैभन्दा बढी राजश्व कोलेनिकामा जम्मा भएको देखिएको छ। कोलेनिकामा १५ करोड ७४ लाख ९६ हजार २ सय ८४ रुपैयाँ राजश्व सङ्कलन भएको छ।
जिल्ला प्रशासन कार्यालयबाट १ करोड २८ लाख २२ हजार ८ सय ७५ रुपैयाँ राजश्व सङ्कलन भएको छ।
यस्तै, शिक्षा विकास तथा समन्वय इकाईबाट ३७ लाख ७६ हजार ३ सय ५० रुपैयाँ, नापी कार्यालय ताप्लेजुङबाट ५५ लाख ८७ हजार ६ रुपैयाँ, कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयबाट ३२ लाख ५५ हजार २ सय ८३ रुपैयाँ र ताप्लेजुङ जिल्ला अदालतबाट ३१ लाख ५५ हजार ५ सय ७७ रुपैयाँ राजश्व सङ्कलन भएको छ।
त्यसैगरी, तमोर करिडोर(मूलघाट–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयबाट ९ लाख ९६ हजार ८ सय ८ रुपैयाँ,जिल्ला प्रहरी कार्यालयबाट ८ लाख १८ हजार ६ सय ८० रुपैयाँ,जिल्ला हुलाक कार्यालयबाट ६ लाख ६३ हजार ६ सय ४५ रुपैयाँ राजश्व सङ्कलन भएको कोलेनिकाले जनाएको छ।
प्रकाशित: ७ श्रावण २०८३ १३:३९ बिहीबार





