२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

विद्युत् महसुल नतिर्नेलाई प्राधिकरणको चेतावनी: समयमै नबुझाए कारबाही हुन्छ

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत बिजुली प्रयोग गरेर बक्यौता नतिर्ने ग्राहकलाई कारबाही गर्ने चेतावनी दिएको छ।

प्राधिकरणले एक सूचना जारी गरेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल बाँकी रहेका उपभोक्तालाई प्राधिकरणले तोकिएको समयभित्र भुक्तानी गर्न भनेको हो।

प्राधिकरणले आफ्ना क्षेत्रीय र डिभिजन कार्यालयहरूलाई पत्राचार गर्दै बक्यौता असुलीमा कडाइ गर्न निर्देशन दिएको छ। यसअघि पटक–पटक सूचना निकाल्दा पनि केही उपभोक्ताले किस्ताबन्दी रोकेर नियमित महसुल मात्र बुझाउने गरेको पाइएपछि प्राधिकरणले यस्तो कदम चालेको जानकारी दिएको छ। 

प्राधिकरणले जारी गरेको पत्रमा भनिएको छ:
‘यस सन्दर्भमा उल्लेखित अवधिको बक्यौता विद्युत् महसुल असुलीको लागि किस्ताबन्दी सुविधा लिएका तथा नलिएका सबै उपभोक्ताहरू (सम्मानित अदालतबाट अन्तरिम आदेश जारी भएका बाहेक) लाई निरन्तर रूपमा तिर्न/बुझाउन साथै उल्लेखित अवधिको बक्यौता विद्युत् महसुल तोकिएको समयसीमा भित्र बुझाउन नआएमा ने.वि.प्रा. विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने ब्यहोरा सहितको पत्र सम्बन्धित सबै उपभोक्ताहरूलाई अनिवार्य रूपमा पत्राचार गरी गराई सोको जानकारी यस निर्देशनालयलाई गराउन हुन सूचित गरिन्छ ।’

सबै सम्बन्धित कार्यालयलाई आफ्ना क्षेत्रका ग्राहकलाई अनिवार्य पत्राचार गर्न र सोको जानकारी केन्द्रलाई दिन समेत प्राधिकरणले निर्देशन दिएको छ।

पत्र हेर्नुस्

प्रकाशित: ३० चैत्र २०८२ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App