१ मंसिर २०८२ सोमबार
image/svg+xml
अर्थ

पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्सले जम्मा गर्‍यो एक करोड रुपैयाँ

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ। 

मगलबार एक कार्यक्रमबीच अर्थमन्त्री रामेश्वर खनाललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

यस्तै एनएलजीइन्स्योरेन्सकम्पनीलिमिटेडले पनि कोषमा पच्चीसलाख रुपैयाँ जम्मा गरेको छ। कम्पनीकाप्रमुखकार्यकारीअधिकृतसुनिलबल्लभपन्तलेउक्त रकम बराबरकोचेकअर्थमन्त्रीलाईहस्तान्तरणगरेका हुन्।

योसँगै कोषमा सात करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए। 

प्रकाशित: १८ कार्तिक २०८२ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App