जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेसीआई)ले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत, पुनर्स्थापना तथा पुनःउत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
देशभर आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले सञ्चालन गरिरहेको राहत, पुनर्स्थापना तथा पुनःउत्थानका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरिएको जावलाखेल ग्रुपले जनाएको छ ।
ग्रुपका अनुसार यो सहयोग संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्ने प्रयासको हिस्सा हो ।
बाढीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै जावलाखेल ग्रुपले विपद्का कारण कठिन परिस्थितिबाट गुज्रिरहेका व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, पुनर्स्थापना र पुनःउत्थानका सरकारी प्रयासमा सहयोग गर्न पाउँदा आफूहरू प्रतिबद्ध रहेको ग्रुपले जनाएको छ ।
प्रकाशित: १४ भाद्र २०८३ १६:०२ आइतबार





