स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ रुपैयाँ कायम भएको छ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० रुपैयाँ कायम भएको थियो।
प्रकाशित: २३ कार्तिक २०८३ ११:२३ सोमबार





