सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा रासायनिक मल खरिदका लागि झण्डै चार अर्ब रुपैयाँ वृद्धि गरेको छ।
संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन्। कृषि उत्पादन वृद्धि र किसानलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यसहित हालसम्मकै ठूलो रकम छुट्याइएको उनको भनाइ छ।
चालु आर्थिक वर्षमा रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
प्रकाशित: १५ जेष्ठ २०८३ १७:३८ शुक्रबार





