२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको छ।  

कर्मचारीहरूद्वारा जलेका तथा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरुपयोग गरिएको भन्ने विषयमा जाँच गर्न गठन गरेको समितिले कुनै दुरुपयोग नभएको निष्कर्ष निकालेको हो।  

समितिले जलेका सवारी साधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख (अभिलेखित विवरण), भुक्तानी विवरण लगायतका सम्बन्धित कागजातहरूको अध्ययन तथा विश्लेषण गरेको थियो।

सो अध्ययनका आधारमा जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस सम्बन्धमा सत्यतथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न सञ्चार माध्यम तथा सरोकारवालालाई अनुरोध गरेको छ।

मन्त्रालयले उक्त विषयको सत्यतथ्य छानबिन गर्न २०८३ असोज १५ गते सहसचिवस्तरको संयोजनमा समिति गठन गरेको थियो।मन्त्रालयले आफू पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।

प्रकाशित: २१ वैशाख २०८३ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App