५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

मलेसियाको नयाँ मापदण्ड अन्तिम नभएको सरकारको निष्कर्ष, सहमतिका लागि पहल गर्ने

वैदेशिक रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो राखेकी छन्। 

सिंहदबारमा शुक्रबार श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीलाई बोलाएर उनले मल्सियाको नयाँ मापदण्डबारे छलफल गरेकी हुन्। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति थियो।  

छलफलले मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव अन्तिम नभएको निष्कर्ष निकालेको छ। द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्न पहल गर्ने निष्कर्ष बैठकको छ। 

प्रकाशित: १४ कार्तिक २०८२ १७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App