२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

दुई महिनामा ४७ अर्बको वस्तु विदेश निर्यात

स्वदेशमा उत्पादन हुने वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा निर्यातले भने केही आशा जगाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन–भदौमा ४७ अर्ब ३१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

चाडपर्वलाई लक्षित गरेर विदेशबाट बस्तु आयात बढेको छ । यो वर्ष पोहोरको तुलनामा आयात करिब ४३ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष २०८२-८३को पहिलो दुई महिनामा तीन खर्ब ५ अर्ब १५ करोड रुपैयाँका वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । यो पोहोरको तुलनामा १६.२३ प्रतिशतले वृद्धि हो । गत आर्थिक वर्षको पहिलो दुई महिना साउन भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको सामान आयात भएको थियो ।  

स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुने गरेको छ ।  पोहोर भन्दा यो वर्ष आयात–निर्यात दुवै बढेको छ । यो अवधिमा निर्यात पनि ८८ प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा ४७ अर्ब ३१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । 

पोहोरभन्दा करिब २२ अर्ब रुपैयाँको निर्यात बढेको छ । दुई महिनामै मुलुकको ब्यापार घाटा भने दुई खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष भन्दा यो वर्ष व्यापार घाटा साढे आठ प्रतिशतले बढेको छ । यो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढेको छ । दुई महिनामा कुल बैदेशिक व्यापार तीन खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित: ७ आश्विन २०८२ १९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App