नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य तोलामा रु एक हजार २०० ले बढेको छ।
गत शुक्रबार प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको हो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा रु ५५ ले बढेको छ। शुक्रबार चाँदी प्रतितोला रु चार हजार ८४० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ३१ जेष्ठ २०८३ ११:४२ आइतबार





