केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो।
गत शुक्रबार दुई लाख ९० हजार रुपैयाँमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक तोला चाँदीको मोल पाँच हजार ३४५ रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: १७ जेष्ठ २०८३ ११:१७ आइतबार





