२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

ब्रिटिस लाहुरे राईको लोभलाग्दो बाख्रापालन व्यावसाय

टेम्केमैयुङ गाउँपालिका-२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लागेका छन्। आफूले कमाएको रकम र सीप सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा जुटेका उनी अहिले समाजमा उदाहरणीय समेत बनेका छन्।

आफूलाई विदेशमा बस्ने सुविधा हुँदा हुँदै पनि नेपालको मायाले यहाँ फर्केर बाख्रापालन व्यवसायमा लागको उनले बताए। समाजमा केही सेवा गर्ने लक्ष्यले विसं २०७५ बाट व्यावसायिक रूपमा बाख्रापालन गरिरहेको उनले बताए। “करिव ३० वर्ष ब्रिटिस सेनामा जागिर खाएँ” उनले भने,“मलाई त्यही बस्ने पनि सुविधा थियो तर म गाउँमा फर्केर समाजका लागि उदाहरणीय बन्ने सोचले व्यावसायिक कृषि पेसामा लागेको हुँ।”

उनले अम्बा कृषि बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक रूपमा यो पेसामा लागेका हुन्। करिव बाह्र रोपनी बढी क्षेत्रफल रहेको फर्ममा अहिले वोयर, स्थानीय खरीजात लगायतका बाख्रा छन्। व्रिटिस सरकारले त्यहाँ बस्न दिएको नागरिकता त्यागेर यो व्यवसायमा जोडिएको उनको भनाइ छ।

उनले आफ्नै बारीमा सुन्तला, कागती र रुद्राक्षको पनि खेती गरिरहेको बताए। आफूलाई पेन्सनको रूपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भए पनि समाजमा केही ज्ञान दिने लक्ष्यले व्यवसायमा लागेको उनको भनाइ छ।

व्रिटिस सेनाको जागिरपछि उनले गाउँमा गरिरहेको बाख्रापालन व्यवसाय समाजको लागि अनुरकरणीयसँगै उदाहरणीय रहेको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए।

व्यावसायिक रूपमा बाख्रापालन तथा अन्य कृषि व्यवसायमा लागेका किसानहरूलाई स्थानीय सरकारकाले पनि आवश्यक प्रोत्साहन गरिरहेको वडाध्यक्ष राईले बताए। व्यवसायमा लागेको किसानलाई थप उर्जा थप्न उन्नत जातको बोका वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ।

प्रकाशित: १४ आश्विन २०८२ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App