२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
अर्थ

रसुवागढी जोड्न स्याफ्रुबेसीमा ७६ मिटरको बेलिब्रिज निर्माण सुरु

उत्तरी नाका रसुवागढी जोड्ने सडक सञ्जाल पुनःस्थापित गर्न रसुवाको स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार पुल जडानका लागि आवश्यक फाउन्डेसन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको हो।

नदीको दुवै किनारमा भारी उपकरणहरू परिचालन गरी हाल अस्थायी ट्रयाक र पहुँच मार्ग निर्माण भइरहेको छ। बेलिब्रिज जडानका लागि १४ मिटर अग्लो फाउन्डेसन उठाउन हाल दुईवटा स्काइभेटर प्रयोग गरेर जग खन्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

यसअघि वेत्रावतीमा सुरु गरिएको बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेसी खण्डको निर्माणलाई पनि तीव्रता दिइएको हो।

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीसम्मको सडक यातायात पूर्ण रूपमा पुनः सञ्चालनमा आउनेछ।

प्रकाशित: २२ आश्विन २०८३ १८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App