७ आश्विन २०८३ बुधबार
image/svg+xml
अर्थ

भारी वर्षाको जोखिमले बीपी राजमार्गको ट्रयाक निर्माण ‘होल्ड’

देशका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिनका लागि स्थगित गरिने भएको छ।

वर्षाका बेला हुनसक्ने जोखिम न्यूनीकरण गरी सवारी आवागमनलाई सहज र सुरक्षित बनाउन सरकारले यस्तो तयारी गरेको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सम्भावित भारी वर्षा, पहिरो तथा सडकमा आउन सक्ने प्राविधिक चुनौतीलाई दृष्टिगत गर्दै निर्माण कार्य केही दिन रोक्ने निर्णय गरिएको हो।

निर्माणाधीन खण्डमा काम रोकेर बाटो खुला राख्दा सम्भावित दुर्घटना र अवरोध कम हुने तथा यातायात सञ्चालन सुचारु राख्न मद्दत पुग्ने मन्त्रालयको अपेक्षा छ।

मौसम प्रतिकूल बन्ने देखिएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउनसमेत मन्त्री लम्सालले आग्रह गरेका छन्।

उनले पहिरो तथा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राखी अनावश्यक जोखिम नउठाउन र यात्राका क्रममा सतर्कता अपनाउन सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोध गरेका छन्।

प्रकाशित: ७ आश्विन २०८३ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App