३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

फाइल तस्बिर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैंकमा रु दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ। त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा रु दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ।

रात कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो।

प्रकाशित: ३० भाद्र २०८३ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App