एआईटी पूर्वविद्यार्थी संघ नेपालले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संकलन गरेको २९ लाख ६४ हजार रकम सरकारलाई सहयोग गरेको छ ।
संघको बाढी राहत अभियानअन्तर्गत संकलित रकम एआईटी पूर्वविद्यार्थी संघ नेपालका अध्यक्ष डा. चण्डिका प्रसाद भट्टले भौतिक पूर्वाधार विकासमन्त्रीसुनिल लम्साललाई हस्तान्तरण गरेका छन् । बाढीबाट प्रभावित समुदायको पुनस्र्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने लक्ष्यसहित संघले राहत अभियान सञ्चालन गरेको थियो ।
अभियानमा नेपालका अतिरिक्त थाइल्यान्ड, अमेरिका, जापान, कम्बोडिया र फिलिपिन्समा रहेका सहयोगीहरूले समेत आर्थिक सहयोग गरेको संघका अध्यक्ष चण्डिका भट्टले बताए ।
संकटको समयमा एकता, सहकार्य र मानवीय भावनालाई प्रतिबिम्बित गर्न सहयोग गरेको डा. भट्टले बताए । एआईटी पूर्वविद्यार्थी संघ नेपालले सामाजिक उत्तरदायित्वको भावले सहयोग गरेको हो ।
प्रकाशित: ११ कार्तिक २०८३ १८:२६ बुधबार





