५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

उद्यमशील प्रवर्द्धनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र महिला उद्यमी महासंघबीच सम्झौता

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र नेपाल महिला उद्यमी महासंघ (फेवान) बीच उद्यमशीलता प्रवर्द्धन तथा खरिद बिक्रीसम्बन्धमा सम्झौता भएको छ।

विभिन्न ८ बुँदामा भएको सम्झौतापत्रमा महासंघका तर्फबाट अध्यक्ष शोभा ज्ञवाली र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन् ।  

सम्झैताअनुसार, कम्पनीले नेपालमा महिला उद्यमशीलता प्रवर्द्धन गर्न, व्यवसायिक सहभागिता सुदृढ गर्न, उद्यमशील सिप अभिवृद्धि गर्न, महिलाहरुलाई आत्मनिर्भर र प्रतिस्पर्धा बनाउन दुवै पक्षीबीच सहकार्य हुनेछ । 

सम्झौतामा उत्पादन, व्यापार र सेवामा साझेदारी गर्दै महिला उद्यमीबाट उत्पादित वस्तुको बजारीकरण गर्न सोझै खरिद बिक्री गर्ने उल्लेख छ । 

प्रकाशित: २६ आश्विन २०८२ १७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App