२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल बैंकमा व्याडमिन्टन प्रतियोगिता

नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका भित्रका शाखामा कार्यरत कर्मचारीहरू बीचको मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ।  

प्रतियोगिता २०७९ कात्तिक २५ र २६ गतेसम्म भएको थियो। प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रूपा महर्जन प्रथम भएका थिए भने पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह र महिला डवलतर्फ रूपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएका थिए।  

यस्तै, दोस्रो स्थानमा पुरुष सिंगलतर्फ ध्रुब दाहाल र महिला सिंगलतर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदी एवम् ध्रुव दाहालको समूह र महिला डवलतर्फ बन्दना शर्मा एवम् विद्या धिताल भएका छन्। कार्यक्रमको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति सदस्य विवेक राणाले गरेका थिए।कार्यक्रमको संयोजन एवम् व्यवस्थापन खेलकुद उपसमितिले गरेको बैंकले जनाएको छ। 

प्रकाशित: २९ कार्तिक २०७९ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App